एउटा मन्त्रालयको मु्ख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भूमिका हो । सरकार प्रमुखको काम नीति, नियम, कानुन र कार्यविधि तथा मुख्य सचिवको काम यस्ता नीति, नियमको प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने र ल्याउन लगाउने प्रमुख दायित्व र जिम्मेवारी भित्र आउँछ । त्यतिमात्रै नभइ प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलय प्रमुख पनि हो । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगोलिक विकटताका र सिमित स्रोत साधनकाबीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका जनताको अपेक्षा के छ रु यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आएको छ । आजका लागि निर्मला कडायतले डोटीको सायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोखरेलसँग गरेको संवादको सम्पादीत अंश:
1. तपाई हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको कति भयो ?
मैले सायल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ३ महिना भयो ।
2. यो ३ महिनाको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
मैले यता जनप्रतिनिधिको राम्रो साथ र सहयोग पाइरहेको छु । सबैले समन्वय गरेर कामहरुलाई पनि राम्रो ढंगले अगाडी बढाइरहेका छौं ।
3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
पालिकाप्रति जनताका अपेक्षा त थुप्रै हुन्छन् । जुन स्वाभाविक पनि हो । हाम्रो पलिकामा दक्ष जनशक्तिको अभाव छ । अधिकांश ठाउँहरुमा करारबाट काम चलाई रहेको अबस्था छ । जनताका अपेक्षा धेरै छन् । ति सबै अपेक्षा पुरा गर्न हामीसँग आन्तरीक स्रोत साधनहरु प्रयाप्त मात्रामा छैनन् । आन्तरीक स्रोत साधन प्रयाप्त नभएकाले जनताका अपेक्षा अनुसार विकास निमार्णका कामहरु समयमै हुन सकेको छैन । यधवि जतिपनि हामीसँग स्रोत साधनहरु उपलब्ध छन्, तिनै लाई परिचालन गरेर जनतालाई सेवा दिइरहेका छौं ।
4. तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
मैले पालिकामा दुई वटा कुरालाई सबै भन्दा बढी प्राथमिकतामा राखेको छु । एउटा कर्मचारीको आचार संघीयता,पोसाक, हाजीर,र कर्मचरीको जनतासँग कस्तो व्यवहार गरेर सेवा दिइरहेका छन् ? जनतालाई कसरी सन्तुष्ट पारिरहेका छन ?दोस्रो हाम्रो योजनाहरु सुरु हुन लागेको छ, ति जतिपनि योजनाहरु छन्, सबै चैत्रभित्र सम्पन्न हुनुपर्छ भन्ने तरीकाले हामी लागिरहेका छौं । अर्को हामीसँग विभिन्न शाखाहरु छन् । विभिन्न तहका अधिकृत स्तरमा जिम्मेवारी बाँडफाँड गरेका छौं । शाखामार्फत हुने सेवा प्रवाहलाई चेस्तता पार्ने लगायत त्यहाँका समस्याको पहिचान गरेर समाधान हुने गरि कामहरु पनि गरिरहेका छौं ।
5, कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
कर्मचारी त प्रयाप्त नै छन् । तर दक्ष कर्मचारी भने छैनन् ।
6. के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
दक्ष जनशक्तिको अभाव छ त्यो दरबन्दी अनुसार पदपूर्ति हुन जरुरी छ । अर्को जनताले पनि चनाखो हुन जरुरी छ । जनताले पालिकाबाट आफुले पाउने सेवा के हो र त्यो कहिले उपलब्ध हुन्छ भन्ने बारेमा राम्रोसँग बुझ्न जरुरी छ । साथै आफ्नो अधिकारको लागि आवज उठाउन पनि जरुरी छ ।
7. अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
अहिले निजामति सेवामा मात्रै होईन, संस्थान, सुरक्षा निकाय, स्थानीय सबै तहका क्षेत्रमा लोकसेवा आयोगमार्फत प्रतिष्पर्धाबाटै छानिन्छन् । लोकसेवा अहिले मात्रै होईन् पहिलेदेखि नै आस्थाको केन्द्र रहँदै आएको छ । त्यसकारण लोकसेवा आयोगमा प्रतिष्प्रर्धा निकै बढी छ । लोकसेवा निष्पक्ष हुन्छ, यसमा सेवाको सुरक्षा पनि छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा गएर सेवा प्रवाह गर्न सकिन्छ । जुन व्यक्तिले आफु्लाई नैतिकवान, समर्पित र पेशाप्रति व्यवसायिक बनाउँन सक्यो त्यो व्यक्ति लोकसेवामा अवश्य सफल हुन्छ । साथै यसमा स्कोप पनि छ । सरकारको पदीय दायित्व र जिम्मेवारीमा रहेर समाजको सेवा गर्ने मौका दिने भनेकै लोकसेवाले हो । त्यसैले लोकसेवा तयारी गरिरहनु भएका र गर्ने सोच गरिरहनु भएका युवा साथिहरुले अन्त कतै मन नडुलाएर अहिले लोकसेवा तयारी गर्नु नै सबैभन्दा राम्रो हुन्छ ।
8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
लोकसेवा तयारी गर्ने त सबैको आ–आफ्नो तरिका होला, तर पनि राष्ट्रिय स्तरको पत्रिकाहरु पढ्ने, रेडियो समाचारहरु सुन्ने बानिको विकास गर्ने, सरकारी निकायले निकालेका प्रतिवेदनहरु हेर्ने बानिको विकास गर्ने, लोेकसेवाका क्लासहरु लिने, सबै विषयलाई उत्तिकै महत्व दिने, कहिलेकाही परिक्षामा आफुले आउँदैन होला भनेको कुरा नै सोधिन सकछ । त्यसैले पाठ्यक्रमलाइृ राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्ने,