काठमाडौँ– गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा मन्त्री र सरकार परिवर्तन नहुने बताएका छन्।
केही दिनअघि भारतीय रअका पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताए।
गृहमन्त्री लामिछानेले अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पारेका हुन्। ‘यो सरकार कसैले काँहीनबाट कोसिस गरे पनि बदल्ने वाला छैन’ गृहमन्त्री लेखकले भने।
सरकार फेर्ने, मन्त्री फेर्ने हल्ला अस्थिरता चाहनेहरूले कुनाकाप्चाबाट गरेको भए पनि त्यो सफल नहुने उनको भनाइ छ। सरकार बन्न पाएको हुँदैन, सरकार फेरिन्छ भन्ने हल्ला चलाउने प्रचलन बनिसकेको उनले बताए।
‘यो सरकारलाई साउन कट्दैन भन्थेँ, दसैँ तिहार कट्दैन भन्थेँ, त्यो त पूरा भइसक्यो नि’ गृहमन्त्री लेखकले भने –‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थेँ, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन।
उनले अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गरे। उनले हालै सम्पन्न भएको उपनिर्वाचनले काँग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रूपमा स्थापित गरेको दाबी गर्दै ठूला दुईदल बीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए। । उनले देशका ठूला पार्टीहरू मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए।