आज तीन संसदीय समितिको बैठक बस्दै, के–के विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-06-29
  • 11:39:11
  • सोमबार,आषाढ १५, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, के–के विषयमा हुँदैछ छलफल ?

    आज तीन संसदीय समितिको बैठक बस्दै, के–के विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।

    त्यस्तै बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ।

    त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ।