ओखलढुङ्गामा १४ जना उम्मेदवारको जमानत जफत - Chaitanya News
  • 2026-04-27
  • 16:24:00
  • सोमबार,बैशाख १४, २०८३
  • ओखलढुङ्गामा १४ जना उम्मेदवारको जमानत जफत

    ओखलढुङ्गामा १४ जना उम्मेदवारको जमानत जफत

    ओखलढुङ्गा– प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ जना उम्मेदवारको जमानत जफत भएको छ। कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधी सभातर्फका ६ जना र प्रदेश सभातर्फका आठ जनाको उम्मेदवारको धरौटी जफत भएको हो।

    निर्वाचन क्षेत्र नं. (क) मा तीन र निर्वाचन क्षेत्र नं. (ख) तर्फ बाट प्रदेश सभाका लागि उम्मेदवार भएका पाँच जना उम्मेदवारको जमानत जफत भएका छ। प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा (एमाले) बाहेकका अन्य दलका सबै उम्मेदवारहरुले १० प्रतिशत मत कटाउन सकेको छैन।

    प्रतिनिधी सभा तर्फका जनता समाजवादी पार्टीका जुद्ध बहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्की, मंगोल नेशनल अर्गनाइजेशनका विर्ज बहादुर थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिक बहादुर बास्तोला, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ङिमाल्हमु शेर्पाको जमानत जफल भएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताए।

    प्रतिनिधी सभा सदस्य तर्फ जिल्लामा ६४ हजार ९९२ मत खसेको थियो। जसमा नेपाली काँग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर (नेकपा)(का यज्ञराज सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका थए। सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका थिए।

    यसका साथै जनता समाजवादी पार्टीका जुद्ध बहादुर राईले ८९७, राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४, मंगोल नेशनल अर्गनाइजेशनका विर्ज बहादुर थापा मगरले ३५६, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिक बहादुर बास्तोला २२२, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ ८८ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ङिमाल्हमु शेर्पाले १४ मत प्राप्त गरेका छन।

    त्यस्तै, प्रदेश सभा क्षेत्र नं. (क) तर्फ नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार र नेकपा ९एमाले०का अम्बिरबाबु गुरुङ बाहेक अन्य सबै उम्मेदवारले जमानत गुमाएको छ। जनता समाजवादी पार्टीका खेमराज खड्का, मंगोल नेशनल अर्गनाईजेशनका लाक्पा शेर्पा र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीको जमानत जफत भएको हो।

    प्रदेश सभा क्षेत्र (क) तर्फ ३१ हजार ४६३ खसेको थियो। यस क्षेत्र बाट नेपाली काँग्रेसका प्रदिप कुमार सुनवारले १४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका छन उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकाले)का अम्मिरबाबु गुरुङले १४ हजार ५५६ मत प्राप्त गरेका थिए।

    सात जना प्रदेश सभाका लागि उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्र (ख) पाँच जना उम्मेदारले धरौटी गुमाएका छन। मंगोल नेशनल अर्गनाईजेशनका बुद्धिमान राई, जनता समाजवादी पार्टीका शान्त बहादुर बि.क, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेल, हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटवाल र स्वतन्त्र उमेदवार टंकनाथ अधिकारीको जमानत जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ।

    यस क्षेत्रमा ३३ हजार ५२९ खसेको थियो। नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले १५ हजार ७३८ मत ल्याएर विजयी भएका छन। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत प्राप्त गरेका छन भने अन्य उम्मेदवारहरुले १० प्रतिशत मत कटाउन सकेका छैनन। प्रतिनिधी सभा तर्फ दश हजार र प्रदेश सभा तर्फका उम्मेदवारको पाँच हजारका दरले जमानत जफत भएको हो।