कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? चार महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक, (पूर्णपाठ) - Chaitanya News
  • 2026-06-30
  • 00:41:38
  • सोमबार,आषाढ १५, २०८३
  • कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? चार महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक, (पूर्णपाठ)

    कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? चार महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक, (पूर्णपाठ)

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा रिपोर्ट सार्वजनिक गरेको छ।

    बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ।

    यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ।

    यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड रहेको छ।

    यस्तै विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २।५ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।