मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने - Chaitanya News
  • 2026-06-29
  • 11:39:08
  • सोमबार,आषाढ १५, २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने

    मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुन सक्ने

    काठमाडौँ– आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    बैठक साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बोलाइएको हो। चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ।

    आजको बैठकले केही सचिव तथा सहसचिवहरूको सरुवा तथा नियुक्ति हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ। अहिलेसम्म प्रदेश नै नगएका सहसचिवहरूको सूची ठुलै भएकोले सम्भवतः उनीहरूलाई प्रदेश पठाउने र प्रदेशमा लामो समय भई सकेकाहरूलाई संघमा ल्याउने तयारी भएको जनाइएको छ।