काठमाडौँ– आज (बिहीबार) का लागि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। हिजो (बुधबार) तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो।