म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-06-29
  • 11:39:08
  • सोमबार,आषाढ १५, २०८३
  • म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : प्रधानमन्त्री ओली

    म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री भएपछि देश अगाडि हिड्न थालेको बताएका छन् । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४ मा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशको अप्ठेरोलाई हेरेर दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताए।

    यस्तै उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरू काँग्रेस र एमाले मिलेर सरकार बनाएका छौँ। देशलाई स्थितरता र सुशासन दिन मिलेका छौँ। उनले आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठेरो स्थितिमा पुगेको स्मरण पनि गरेका छन्।