एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु - Chaitanya News
  • 2026-06-29
  • 11:39:18
  • सोमबार,आषाढ १५, २०८३
  • एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु

    एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु

    काठमाडौँ– नेपाल एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। भोलिसम्म चल्ने बैठक केही समयअघि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो।

    उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठकले पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिनेछ।

    गत असारमा महाधिवेशन गरेको नेकपा एसले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोक्न सकेको छैन।

    पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने तयारी छ।