आज दुई संसदीय समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ? - Chaitanya News
  • 2026-06-29
  • 11:40:21
  • सोमबार,आषाढ १५, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

    आज दुई संसदीय समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

    काठमाडौँ– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

    बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ।

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।