आज दुई वटा संसदीय समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-06-29
  • 11:39:09
  • सोमबार,आषाढ १५, २०८३
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ– संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो।

    आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ।

    यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।