राष्ट्रिय सभामा बहुमत पुर्‍याएपछि मात्रै संविधान संशोधन : शंकर पोख्रेल - Chaitanya News
  • 2026-06-29
  • 11:39:17
  • सोमबार,आषाढ १५, २०८३
  • राष्ट्रिय सभामा बहुमत पुर्‍याएपछि मात्रै संविधान संशोधन : शंकर पोख्रेल

    राष्ट्रिय सभामा बहुमत पुर्‍याएपछि मात्रै संविधान संशोधन : शंकर पोख्रेल

    काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने बताएका छन । आज (आइतबार) दाङको लमहीमा नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलामा बोल्दै उृनले राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताए।

    यस्तै महासचिव पोख्रेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताए।

    ‘हामी दुइटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न, संविधान र कानुनमा सुधार गर्ने गरी दुई ठुला दलको बीचमा समीकरण बनेको हो’ उनले भने–‘राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन। दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन। संविधान संशोधनको विषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन। डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।’

    महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए। उनले अहिले ठुला दुई दलको बीचमा भएको समीकरणले मिलेर चुनाव लड्ने नभई एक्ला एक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताए।

    हालसालै सम्पन्न उपनिर्वाचनमा रुकुम पूर्वमा भएको जुन प्रकारको तालमेल सही नभएको भनाइ महासचिव पोख्रेलको छ।