लोकसेवाले तपाईलाई मात्रै होइन, तपाईंको देश, राष्ट्र र समाजलाईँ पनि चिनाउँछ  : शुवास चन्द्र रावल - Chaitanya News
  • 2026-06-09
  • 12:05:55
  • मंगलबार,जेठ २६, २०८३
  • लोकसेवाले तपाईलाई मात्रै होइन, तपाईंको देश, राष्ट्र र समाजलाईँ पनि चिनाउँछ  : शुवास चन्द्र रावल

    लोकसेवाले तपाईलाई मात्रै होइन, तपाईंको देश, राष्ट्र र समाजलाईँ पनि चिनाउँछ  : शुवास चन्द्र रावल

    एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अबस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । सरकार प्रमुखको काम नीति। नियम, कानुन र कार्यविधि तथा मुख्य सचिवको काम यस्ता नीति नियमको प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने र ल्याउन लगाउने प्रमुख दायित्व र जिम्मेवारी भित्र पर्न आउँछ । पालिका भित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने केही पालिकाहरुमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भईरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् ? त्यहाँका जनताका अपेक्षा के छन् ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आइरहेको छ । त्यसै अनुरूप आज चैतन्य खबरका लागि निर्मला कडायतले मुगुको मुगूम कार्मारोङ गाउँपालिकाका पमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलसँग गरेको संवादको सम्पादित अंश:

    1.  तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
    मैले मुगुम मारमीरोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ७ महिना भयो ।

    2. यो ७ महिनाको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
    मैले यो अवधिमा यहाँका जनप्रतिनिधिहरुको राम्रो साथ र सहयोग पाइरहेको छु । नितिगत निर्णय गर्ने कुरा, कानुन बनाईदिने कुरालगायत अन्उ थुप्रै कुरामा राम्रो सहयोग पाइरहेको छु । कानुन मिचेर कुनै निर्णय गर्नुपर्छ भन्ने खालको व्यवहार यहाँका जनप्रतिनिधिबाट भोग्नु परेको छैन् ।

    3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
    स्थानीय तहमा नजअपेक्षा बढ्दो छ । संघिय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताका अपेक्षा हुने हुन्छ । पालिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं । विभिन्न वडा र शाखाबाट आएका रिर्पोटको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचान हुनेगरि काम पनि गर्ने छौं ।

    4. तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    कानुनी नियमलाई पालना गरेर हामीले काम गरिरहेका छौं । त्यसका लागि हामीसँग विभिन्न सङ्यन्त्र छन। विभिन्न शाखाहरु छन। शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं। विभिन्न वडा र शाखाबाट आएका रिर्पोटको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचान गरेर समाभान हुनेगरि काम पनि गर्ने छौं।

    5. कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?
    कर्मचारीको त अभाव नै छ। यसले हामीले अपेक्षित रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं। कर्मचारी अभावका कारण पनि जनअपेक्षा अनुसार हामीले सेवा दिन सकिरहेका छैनौं। कर्मचारीको अभाव छ भन्दैका हामीले कुनै सेवा रोकेका वा सेवाग्राहीलाई सास्ति दिएको अबस्था भने छैन। हामीसँग भएको जनशक्तिबाट नै व्यवस्थापन गरेर कामहरुलाई अगाडी बढाइरहेका छौं।

    6. के भइदिएमा अझै गुरस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ?
    दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन जरुरी छ। कर्मचारी अभावले संस्थागत र क्षमतागत दुवै विकास हामीले गर्न सकिरहेका छैनौं। प्राप्याप्त कर्मचारी भइदिएमा स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सकिन्थ्यो।

    7. अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानुहुन्छ ?
    लोकसेवा तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरु हुन्छन्। धेरै प्रकारका सोचहरु आउँछन्। त्यसमा नकारात्मक सोच पनि पर्छ, तर तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। अरु कसैको कुरामा ध्यान नदिई आफ्नो पढाइलाई निरन्तरता दिनु पर्छ। यदि तपाईँ नेपालमा नै बसेर केहि गर्छु भन्ने सोचमा हुनुहुन्छ भने सबै भन्दा उत्तम विकल्प नै लोकसेवा हो। लोकसेवाले तपाईँलाई मात्रै होइन, तपाईँको देश, राष्ट्र र समाजलाईँ पनि चिनाउँछ। त्यसैले लोकसेवा तयारी गरौं आफु,आफ्नो देश, राष्ट्र र समाजलाई चिजनउँ ।

    8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?
    तयारी गर्ने त सबैको आ–आफ्नो तरिका हुन्छ। त्यहिपनि तयारी गर्दा आफुलाई याद हुन ेगरि एउटा निश्चित फम्र्याट तयार गर्नुपर्छ। हामीले कलेजमा ब्याख्यात्मक उत्तर दिने भए पनि लोकसेवामा प्रश्नले सोधेको मूल भाव बुझेर चाहिने जति आवश्यक उत्तरमात्र दिनुपर्छ। अनावश्यक कुरा थपेर उत्तरलाई लामो पार्नु हुँदैन। समयको व्यवस्थापन गनुपर्छ।