राज्य लुटेराको रूपमा प्रस्तुत भयो , चुनावमा धाँधली: अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-23
  • 04:12:08
  • बुधबार,बैशाख ०९, २०८३
  • राज्य लुटेराको रूपमा प्रस्तुत भयो , चुनावमा धाँधली: अध्यक्ष ओली

    राज्य लुटेराको रूपमा प्रस्तुत भयो , चुनावमा धाँधली: अध्यक्ष ओली

    काठमाडौं -एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् ।

    एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ ।सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए ।

    उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए । ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नोस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए ।

    संसदीय निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटको फरक पर्ने देखिएको छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

    साथै ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्।