ओली डोजर लिएर जाने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको : अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-23
  • 04:10:21
  • बुधबार,बैशाख ०९, २०८३
  • ओली डोजर लिएर जाने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको : अध्यक्ष ओली

    ओली डोजर लिएर जाने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाएका छन्।

    पार्टी निकट सांस्कृतिक संगठनले आयोजना गरेको बधाइ कार्यक्रममा बोल्दै ओलीले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर प्रश्न गरेका छन्।

    ‘डोजर लिएर जाने भए आयोग किन बनाएको? आयोगका पदाधिकारीलाई किन तनखा खुवाएको?ओलीले भने, ‘१५–२० वटा डोजर किनेको भए भइहाल्थ्यो नि १’

    उनले आफ्नो नेतृत्वको सरकारले आयोग गठन गरेर काम गर्न लाग्दा हटाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

    ‘फुसका छाप्रा भत्काउन डोजर १ कुनै पक्की बिल्डिङ भत्काउन हो र १’ ओलीले भने, ‘त्यहाँ को छन् र चिसामा बसेका बालबालिका,वृद्धवृद्धा,असक्त छन्। तिनैलाई पराजित गर्न गएको होला सरकार, गठबन्धन सरकारको उन्माद बढ्दै गएको छ।’