जनताले विकल्प नपाएर तीन ठुला दल नै रोजे : बाबुराम भट्टराई - Chaitanya News
  • 2026-06-29
  • 21:51:59
  • सोमबार,आषाढ १५, २०८३
  • जनताले विकल्प नपाएर तीन ठुला दल नै रोजे : बाबुराम भट्टराई

    जनताले विकल्प नपाएर तीन ठुला दल नै रोजे : बाबुराम भट्टराई

    काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले विकल्प नपाएर तीन ठुला दल नै रोजेको दाबी गरेका छन् । स्थानीय तहको उपनिर्वाचनमा तीन ठुला दल नै एक अर्काको विकल्पको रूपमा देखिएको उनले बताए।

    असन्तुष्ट जनताले विकल्प चाहेको भए पनि नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भएको उनको बुझाइ छ।

    दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ’ उनले भनेका छन्, ‘साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्काको विकल्प बनेका छन्, यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।’

    नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने बताए।

    नयाँहरूले यो निर्वाचनबाट पनि पाठ नसिके जनता अर्कै विकल्प खोज्न बाध्य हुने उनको भनाइ छ।