चार महिनामा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात - Chaitanya News
  • 2026-06-29
  • 22:56:25
  • सोमबार,आषाढ १५, २०८३
  • चार महिनामा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात

    चार महिनामा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात

    काठमाडौँ– चार महिनाको अवधिमा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ।

    चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ।

    जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ।

    यसैगरी १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ।