उपनिर्वाचन: १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान - Chaitanya News
  • 2026-06-29
  • 21:51:51
  • सोमबार,आषाढ १५, २०८३
  • उपनिर्वाचन: १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान

    उपनिर्वाचन: १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान

    काठमाडौँ– आज (आइतबार) बिहान ७ बजेदेखि ४१ पदका लागि सुरु भएको स्थानीय तहको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन्।

    जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो। जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो।

    निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन्।

    यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

    बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ।