विभिन्न चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ - Chaitanya News
  • 2026-06-29
  • 21:51:58
  • सोमबार,आषाढ १५, २०८३
  • विभिन्न चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

    विभिन्न चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

    काठमाडौं– विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन्।

    अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए।

    शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।