उपनिर्वाचन: काठमाडौंमा कहाँ–कहाँ हुन्छ मतगणना? कहिले आउँछ नतिजा ? - Chaitanya News
  • 2026-06-29
  • 21:54:10
  • सोमबार,आषाढ १५, २०८३
  • उपनिर्वाचन: काठमाडौंमा कहाँ–कहाँ हुन्छ मतगणना? कहिले आउँछ नतिजा ?

    उपनिर्वाचन: काठमाडौंमा कहाँ–कहाँ हुन्छ मतगणना? कहिले आउँछ नतिजा ?

    काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने जनाएको छ।

    कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिकाको हलमा र काठमाडौंको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए।

    कीर्तिपुरमा मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ। यसैगरी काठमाडौंको वडा नम्बर १६ मा वडाअध्यक्ष पदका लागि मतदान भइरहेको छ।

    वडा नम्बर १६ का मुख्य निर्वाचन अधिकृत कमल पोखरेलको कार्यालय पनि त्यहीँ रहेकाले मतगणना पनि त्यहीँ हुनेछ।

    काठमाडौंको हकमा सबै ठाउँमा मतदान शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले जानकारी दिए।

    उनका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ। ‘काठमाडौं जिल्लाभित्रको कुरा गर्नुपर्दा आजै मतगणना सुरु गरेर सकेसम्म आजै राति वा भोलि बिहानसम्म परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने।