मौद्रिक नीतिको समीक्षा सार्वजनिक, केही पनि परिवर्तन भएन - Chaitanya News
  • 2026-06-29
  • 21:02:44
  • सोमबार,आषाढ १५, २०८३
  • मौद्रिक नीतिको समीक्षा सार्वजनिक, केही पनि परिवर्तन भएन

    मौद्रिक नीतिको समीक्षा सार्वजनिक, केही पनि परिवर्तन भएन

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासिक समीक्षा आज (शुक्रबार) सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो।

    अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको नीतिगत दरलाई ५ प्रतिशतलाई यथावत् राखेको छ । ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशत र माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ।