काठमाडौँ– आज (शुक्रबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ। प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४० रुपैयाँ प्रति केजी रहेको छ।
स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ।