मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै, के–के होला परिवर्तन ? - Chaitanya News
  • 2026-06-29
  • 21:03:34
  • सोमबार,आषाढ १५, २०८३
  • मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै, के–के होला परिवर्तन ?

    मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै, के–के होला परिवर्तन ?

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासिक समीक्षा आज (शुक्रबार) सार्वजनिक गर्दै छ। केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ।

    अहिले ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप सङ्कलन दरलाई घटाउने अपेक्षा बैंकिङ क्षेत्रले गर्दै आएका छन्। यो अहिले ३ प्रतिशत छ, यो दरभन्दा तल व्यक्तिगत बचत खाताको ब्याज दिन नपाइने व्यवस्था छ। यसले गर्दा मुद्दती र बचत खाताको ब्याजदर एउटै दरमा आउन थालेको भन्दै फ्लोर रेट घट्ने अपेक्षा बैंकर्सको छ।

    त्यस्तै, निर्माण व्यवसायीले सावाँ ब्याज तिर्ने मितिमा लचकताको अपेक्षा गरेका छन्। मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तसम्म सकिँदैछ। चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ।

    यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ। अन्य आन्तरिक विषयहरूमा मौद्रिक नीतिले धेरै परिवर्तन नभएको राष्ट्र बैंक स्रोतले जनाएको छ।