परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै - Chaitanya News
  • 2026-06-29
  • 23:43:15
  • सोमबार,आषाढ १५, २०८३
  • परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

    परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै

    काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन्।

    मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ।

    भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ।

    आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन्।