काँग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौँ : राजेन्द्र लिङ्देन - Chaitanya News
  • 2026-06-29
  • 23:43:14
  • सोमबार,आषाढ १५, २०८३
  • काँग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौँ : राजेन्द्र लिङ्देन

    काँग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौँ : राजेन्द्र लिङ्देन

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई काँग्रेस, एमाले र माओवादीले बन्धक बनाएको आरोप लगाएका छन्।

    कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठूला दलले देशलाई बन्धक बनाएको भन्दै जनताले भोटमार्फत विकल्प खोज्नुपर्ने बेला आएको बताए।

    उनले भने, ‘यो पटक मन त मत परिवर्तन गरौँ, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ अगाडि उभ्याएको छ। प्रष्ट दृष्टिकोणका साथ अघि बढेको छ। यो पार्टीलाई मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्न अपिल गर्छौँ।’

    उनले कीर्तिपुरबाट देश कस्तो बनाउने भन्ने उदाहरण पेश गर्न चाहेको बताए। राप्रपाले जितेको स्थानीय तहमा कस्तो काम गर्छ भन्ने हेर्नको लागि झापाको हल्दिबारी गाउँपालिकामा जान आग्रह गरे।