काठमाडौँ – सेयर बजार ३८.८१ अंकले बढेको छ। आज (बुधकार) सेयर बजार उच्च अंकले बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो। १९९ कम्पनीको सेयर मूल्य बढेको छ। ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।
बुधबार १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो।
बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ।