काठमाडौँ– १५ दिनभित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि उद्योगको लाइन नकाटिने भएको छ।
केही समय अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर १५ दिनभित्र उद्योगले बक्यौता नतिरे लाइन काट्ने बताएका थिए।
आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टाइम अफ डे ९टीओडी० मिटर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो भने प्राधिकरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउँदै आएको थियो।
नेपाल विद्युत प्राधिकरणले आज बसेको सञ्चालक समितिको बैठकले १५ दिन भित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि लाइन नकाट्ने निर्णय भएको बताएको छ।
उद्योगीको बक्यौताको टाइम अफ डे ९टीओडी० मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरु भइसकेको छ।