यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार - Chaitanya News
  • 2026-06-29
  • 23:42:37
  • सोमबार,आषाढ १५, २०८३
  • यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार

    यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार

    काठमाडौँ– मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३७६ जना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।

    जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयन पत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

    जसअनुसार ओखलढुङ्गा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल( निर्विरोध निर्वाचित भएकी छन्।

    यस्तै रुकुम (पूर्वी भाग) स्थित पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

    निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।