टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब गर्न सुरु - Chaitanya News
  • 2026-06-29
  • 19:23:33
  • सोमबार,आषाढ १५, २०८३
  • टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब गर्न सुरु

    टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब गर्न सुरु

    काठमाडौँ– उद्योगीको बक्योताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरु भएको छ।

    विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले हिजोबाट काम थालेको हो।

    सो समितिले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई पठाएको बिल टीओडी मिटर अनुसार छ कि छैन भनेर अध्ययन गर्नेछ। भने, प्राधिकरणले उद्योगबाट डेडिकेटेड तथा टंक लाइको उठाउन पर्ने भनेको बक्यौताको पनि टीओडी मिटर अनुसार प्रशासनिक तथा प्राविधिक हिसाब गर्ने छ।

    २०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड र टंक लाइनको हिसाब गर्ने छ। विद्युत बक्यौता महसुल रकमका सम्बन्धमा जाँचवुझ गरी प्रतिवेदन पेश हुने छ।

    समितिले लालको प्रतिवेदनअनुसार नै हिसाब गर्ने बताइएको छ। हिसाब गर्ने समितिको कार्यालय जल तथा मौसम विज्ञान विभाग ७औँ तलामा रहेको छ।

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टीओडी मिटरअनुसार उद्योगीलाई १५ दिन भित्र बिल दिने र बाँकी बक्यौता उठाउने निर्णय गरेको थियो।

    तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अहिले उद्योगीहरूलाई पठाएको बिल नै टीओडी मिटरअनुसार रहेको बताउँदै आएका छन्।