प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श सुरु - Chaitanya News
  • 2026-06-29
  • 23:42:32
  • सोमबार,आषाढ १५, २०८३
  • प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श सुरु

    प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श सुरु

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र मन्त्रीहरूसँग परामर्श सुरु गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा चीन भ्रमणबारे छलफल भइरहेको छ। छलफलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन्।

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन्। यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत गरेका थिए।

    प्रधानमन्त्री ओलीले पछिल्लो पटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए। सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफलमा जुटेका हुन्।