काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए।
उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ।