घनश्याम भुसालले भने: नेताहरूको कार्य विभाजन टुंगिएको छैन - Chaitanya News
  • 2026-06-29
  • 23:44:31
  • सोमबार,आषाढ १५, २०८३
  • घनश्याम भुसालले भने: नेताहरूको कार्य विभाजन टुंगिएको छैन

    घनश्याम भुसालले भने: नेताहरूको कार्य विभाजन टुंगिएको छैन

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन टुंगो नलागिसकेको जनाएको छ।

    विभिन्न सञ्चारमाध्यममा कार्य विभाजन टुंगो लागेको समाचार आएपनि उक्त पार्टीले यो विषय छलफलकै चरणमा रहेको जनाएको छ।

    महासचिव घनश्याम भुसालले हालसम्म कार्य विभाजन टुंगो नलागेको र छलफलकै क्रममा रहेको बताए ।

    असार १६ देखि २२ गतेसम्म आयोजित पार्टीको दसौँ महाधिवेशनले तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो। उक्त कमिटीको बैठकले साउन १८ मा केन्द्रीय सदस्यमा ३४४ जना थपेर २९९ बनाएको थियो। ती केन्द्रीय सदस्यबीचको निर्वाचनबाट ११ मा भएको निर्वाचनबाट १८ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए।

    केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला, जनसंगठन, विभाग र प्रवास कमिटीका इन्चार्ज, सहइञ्चार्ज तोक्नका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल छन्।

    तर, नेताहरूका बीचमा विवाद हुँदा अहिलेसम्म कार्य विभाजन टुंगो लाग्न सकेको छैन।