४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ? - Chaitanya News
  • 2026-06-29
  • 23:42:46
  • सोमबार,आषाढ १५, २०८३
  • ४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?

    ४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?

    काठमाडौँ– निर्वाचन आयोगले मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ।

    उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ।

    यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

    उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ।