श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा - Chaitanya News
  • 2026-06-29
  • 19:24:53
  • सोमबार,आषाढ १५, २०८३
  • श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

    श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

    काठमाडौँ– नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ।

    कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौँ–श्रीलंका र काठमाडौँ–माल्दिभ्स–काठमाडौँ दुवै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए।

    नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ। यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो।