कीर्तिपुरको नगरप्रमुखमा २० जना भिड्दै को को हुन् ? (नामावलीसहित) - Chaitanya News
  • 2026-06-29
  • 23:42:31
  • सोमबार,आषाढ १५, २०८३
  • कीर्तिपुरको नगरप्रमुखमा २० जना भिड्दै को को हुन् ? (नामावलीसहित)

    कीर्तिपुरको नगरप्रमुखमा २० जना भिड्दै को को हुन् ? (नामावलीसहित)

    काठमाडौँ– मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना भिड्ने भएका छन्।

    निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन्। मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए। तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

    तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो। नेपाली कांग्रेसबाट निर्वाचित भएका नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

    २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नकर्मीले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए। उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्‍न बज्राचार्य दोस्रो र ४०९० मतसहित नेकपा (माओवादी केन्द्र) उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए।