रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित - Chaitanya News
  • 2026-06-29
  • 23:42:38
  • सोमबार,आषाढ १५, २०८३
  • रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित

    रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित

    काठमाडौँ– स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ।

    पुथा उत्तरगंगा गाउँपालिकाका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका संघीय सांसद पूर्ण घर्तीले जानकारी दिए।

    उनका अनुसार काँग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्।

    २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालिले २३४ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए।