सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-29
  • 17:41:18
  • सोमबार,आषाढ १५, २०८३
  • सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो।

    अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो। जसआधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो।

    यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो।