तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, यस्तो छ आर्थिक तथा वित्तीय स्थिति - Chaitanya News
  • 2026-11-16
  • 21:44:33
  • सोमबार,मंसिर ०१, २०८३
  • तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, यस्तो छ आर्थिक तथा वित्तीय स्थिति

    तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, यस्तो छ आर्थिक तथा वित्तीय स्थिति

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

    आज (मंगलबार) बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। यस्तै आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ।

    यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको बैंकले जनाएको छ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको छ।

    यस्तै विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको बैंकले जनाएको छ।