गृहमन्त्री लेखकले भने: शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ - Chaitanya News
  • 2026-06-29
  • 23:42:30
  • सोमबार,आषाढ १५, २०८३
  • गृहमन्त्री लेखकले भने: शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ

    गृहमन्त्री लेखकले भने: शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्।

    आज (मंगलबार) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले ‘सबै भन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी भएको बताए ।

    गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको स्थानीय तह उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन्।

    उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे। गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए।