स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन आज - Chaitanya News
  • 2026-06-30
  • 01:29:25
  • सोमबार,आषाढ १५, २०८३
  • स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन आज

    स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन आज

    काठमाडौँ– स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ।

    मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

    मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

    स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ।