राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकै पटक १६१ जनाभन्दा बढी कर्मचारी माग - Chaitanya News
  • 2026-06-29
  • 17:42:28
  • सोमबार,आषाढ १५, २०८३
  • राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकै पटक १६१ जनाभन्दा बढी कर्मचारी माग

    राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकै पटक १६१ जनाभन्दा बढी कर्मचारी माग

    काठमाडौँ– नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले कृषि रूपान्तरण र किसान सशक्तीकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

    कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेका शाखा कार्यालयहरूका लागि फुल टाइम र पार्ट टाइम गरी १६१ जनाभन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको अध्यक्ष तथा कार्यकारी प्रमुख विशाल हुमागाईले बताए।

    कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत पेस गर्न सक्ने जनाइएको छ। इच्छुक उम्मेदवारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरी सक्नुपर्नेछ। कम्पनीका अनुसार आवेदन पेस गर्दा कुनै शुल्क लाग्ने छैन।