विश्वप्रकाशको दाबी: उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुन्छ - Chaitanya News
  • 2026-06-30
  • 01:31:50
  • सोमबार,आषाढ १५, २०८३
  • विश्वप्रकाशको दाबी: उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुन्छ

    विश्वप्रकाशको दाबी: उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुन्छ

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेका छन्।

    आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यले त्यो देखिएको बताए।

    मतदाताले दिएको मतलाई काँग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा काँग्रेसकै जित हुने जिकिर गरे। अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि काँग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ थियो।

    प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले काँग्रेस उम्मेदवारलाई जिताउने उनले बताए।