सुकुम्बासी र नगरप्रहरीबीच झडप ,  १४ जना घाइते - Chaitanya News
  • 2026-04-23
  • 00:17:47
  • बुधबार,बैशाख ०९, २०८३
  • सुकुम्बासी र नगरप्रहरीबीच झडप ,  १४ जना घाइते

    सुकुम्बासी र नगरप्रहरीबीच झडप ,  १४ जना घाइते

    काठमाडौं – थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् ।

    सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय र नगर प्रहरीवीच झडप भएको थियो । झडपमा परेर महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका हुन् ।

    महानगरपालिकाले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका थिए । बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका थिए । बिकल्प बिनानै बस्ती हटाउन खोजेको भन्दै स्थानीयले विरोधमा उत्रिएर टायर बालेर प्रदर्शनसहित गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए ।

    एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै समिति र महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।