प्रचण्ड’लाई चन्द्र भण्डारीको सुझाव: ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍यो’ - Chaitanya News
  • 2026-06-30
  • 01:31:50
  • सोमबार,आषाढ १५, २०८३
  • प्रचण्ड’लाई चन्द्र भण्डारीको सुझाव: ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍यो’

    प्रचण्ड’लाई चन्द्र भण्डारीको सुझाव: ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍यो’

    काठमाडौँ– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेता भएर भ्रष्टाचार गर्नेलाई जेलमा राखेर मात्रै नपुग्ने बताएका छन्। सामुदायिक समाजवादको बहसमा बोल्दै आज नेता भन्ने बित्तिकै जनताले गाली गर्ने बताए।

    उनले भने, ‘नेता भनेको विश्वलाई चलाउने, जनतालाई निर्देशित गर्ने नेता नै भ्रष्टाचारी भयो भनेपछि देश कसरी चल्छ। भ्रष्टाचार गर्नेले नेता भन्दा अर्को अपमान भयो। त्यसकारण भ्रष्टाचार गर्नेहरूलाई जेलमा राखेर मात्रै पुग्दैन ‘प्रचण्ड’जी यो कुरा हामीले सुरु गर्नुपर्छ अब हामीले मुलुक बनाउने भए।’

    उनले ‘प्रचण्ड’लाई अब लिनु केही नभएको भन्दै देश बनाउने अभियानमा लाग्न आग्रह गरे।

    उनले भने, ‘सिंगो दुनियाँलाई नचाउने र नाच्ने ‘प्रचण्ड’जी यहाँ हुनुहुन्छ। धेरै कमलो बन्न भएन। म त सोझो सँगै बाँचौला सँगै मरौँला भनेपछि पग्लिए रे। यसरी पग्लिएपछि के हुन्छ मुलुक। यो पग्लिने बाटो छाड्नुपर्‍यो, देश रित्तिँदै गइसक्यो। विदेशबाट ऋण लिएर नचल्ने विमानस्थल बनाएर देश चल्छ।’