विश्व शान्ति, मानवता र कल्याणका लागि सत्कर्म  :  तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-04-30
  • 20:00:10
  • बिहिबार,बैशाख १७, २०८३
  • विश्व शान्ति, मानवता र कल्याणका लागि सत्कर्म  :  तोमनाथ उप्रेती

    विश्व शान्ति, मानवता र कल्याणका लागि सत्कर्म  :  तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार
    सत्कर्म राम्रो काम हो । सबैको भलाइका लागि गरिने कार्य नै सत्कर्म हो । यसका लागिकर्मयोग, भक्तियोग र ज्ञानयोगको वारेमा जानकारी प्राप्त हुनु पर्दछ । कर्मयोग, भक्तियोग र ज्ञानयोगलाइ श्रीमद्भागवत गीताको दार्शनिक दृष्टिकोण मानिन्छ। अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फलकाबारेमा अति उत्कृष्ट ढङ्कले बताइएको छ। प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्तियोग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरेर गीतामा तीन योग विभाजन गरिएको छ। भागवत गीतामा चित्तवृत्ति निरोध अवस्थामा प्राप्तिका लागि पहिले के कस्तो अवस्थामा भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई दृष्टान्तसहित बताइएको छ। गीता अध्ययन गरी साधकले क्रियाको श्रद्धा र भक्तिपूर्वक जति–जति आप्mनो साधनामा उन्नति गर्दै जान्छ, त्यति नै गीताको सबै कुराको निजबोधबाट नै स्पस्ट ज्ञान हुँदै जान्छ। विश्व रूपमा परमात्माको अनन्तरुप दर्शन गरेर साधकको भक्तिको चरम विकाश स्वरुप उसलाई आत्माज्ञान लाभ हुन्छ। यसलाई भागवत गीताको भक्तियोग मानिन्छ। यसमा कर्म र ज्ञान एक आपसमा मिलेको हुन्छ।

    श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छनः“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् अर्थात जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।

    श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र तथा महाधर्ममध्ये एक हो।यो ऐतिहासिक हिन्दुग्रन्थ भिष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो।भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ। परात्मा स्वरुप बासुदेव तिमी श्रीकृष्णका शरण पर तिमीलाई सबै पापको बन्धनबाट मुक्त गरिदिन्छु।वासुदेव संसारका सबै प्राणी आत्मा हुन्।जुन परमात्मासँग नित्य, युद्ध र अविनाशी छ।त्यसैले सबै आत्मा पनि अविनाशी छ।युद्ध र चेतना मात्र हो भनि बोध गरे सबै आफैमा छन्।आफू सबैमा छु भन्ने साक्षात्कार भएको अवस्थामा कसैका लागि कसैको शोक मोहमा फस्नु पर्दैन्।यसबाट मोक्ष प्राप्ती हुन्छ र यसका लागि शोक, लालसा,त्याग गरि भावनासँग मुक्त हुने भोग,योग,लालसा गरेमा अनित्य भोगबाट आशक्ति छुट्न गई भगवना भक्तिपूर्वक युक्त हुन्छ। भगवना अर्जुनको माध्यमबाट सबै साधकलाई दिनु भएको सन्देश पनि य िहो।जहाँ मात्रास्पर्श (प्राकृतिक अनित्य वस्तुमा ) आशक्ति छुटेर परमानन्दको प्राप्ति हुन्छ।

    जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरि परब्रह्मालिन हुन्छ। उसका लागि धर्माधर्म,शुभाशुभ केहि नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ । मानिसले सुखको असिम चाहना राख्द। तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन् तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा देखाउँदछ। त्यसैले यी सबैबाट सुख पाउने अभिलासा छ । तर जो यी सबै जगतका पदार्थजन्य सृष्टि र नाराका कारण रुपमा छ त्यसमा नविन रुपमा आनान्दाभुती हुन्।त्यसलाई अनन्त र नित्य हुँदा उपदेयिता मुलुक मानिन्छ। त्यसैले योगीहरु आप्mनो शरिर भित्र नै त्यस अद्धितीय सर्वशक्ति कारणमा मन संयोग गर्ने अभ्यास गर्दछन्।त्यस सर्वशक्ति स्वरुप अद्धितीय तत्व नै परमात्मा हो।

    भगवान् कृष्णको दिव्य वाणी– गीतासार:
    जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।

    श्रीमद्भागवत गीतामा श्री कृष्णले दिनुभएका दिव्य सन्देशहरु जीवन र जगत नियाल्ने अमूल्य रत्न हो । जसले मानवलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै भनेको छ ,मोह या सुख शान्तिको अधीनमा नपर्नु ,शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ,निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ,तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ,सधैँ ् सुखदुःखमा समान भाव हुनु ,अन्तस्करणमा समता राख्नु ,सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव हुनु ,सधैँ भगवानको स्मरण गर्दै आप्mनो कर्तव्यको पालना गर्नु ,सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ,विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ,यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ,शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ,संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु ,सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ,जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ,जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ,भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

    मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर कर्म गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।मनुष्य आफ्नो विस्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो विस्वास गर्दछ, उस्तै बन्दछ ।संसारमा आएपछि कोही कसैले पनि कुनै कर्म नै  नगरी बस्न सक्दैन । जीवन धान्नकै लागि पनि कर्म गर्नुपर्ने हुन्छ । यो प्रवृmतिको नियम नै हो । त्यसैले गीताले कर्मनिष्ठ जीवन बिताऊ भनेको छ । तर कर्म गर्ने सिलसिलामा हामीले कर्मको नियमको हेक्का राख्नुपर्छ । कर्मको नियम धेरै सरल छ । यसले भनेको छ, हामी जे रोप्छौं, त्यसैको बाली काट्छौं । अर्थात् प्रत्येक कारणको त्यस्तै परिणाम हुन्छ भने प्रत्येक परिणामसित त्यस्तै खाले कारण जोडिएको हुन्छ । हामी जे सोच्दछौं वा गर्दछौं, त्यो नै हाम्रो कर्म हो । त्यसैको परिणाम हामीले ढीलो–चाँडो भोग्छौं पनि । अरूको हित चिताउने, अरूलाई प्रेम गर्ने सबैको प्यारो हुन्छ भने अरूको खेदो खन्नेले आफैं खस्नाका लागि खाडल खन्दै गर्छ । वmुरा यतिमात्रै हो कि कतिपय अवस्थामा कारणले परिणाम देखाउनको लागि केही समय लिन सक्छ, र समयको अन्तरालले गर्दा हामी कारण र परिणामबीचको तारतम्य बुझन सकिराखेका हुँदैनौं ।

    भगवान श्री कृष्णले गीतामा देखाएको कर्मयोगको सन्देश हो— हामीले राम्रो गर्नु राम्रो हो भन्ने भाव लिई सक्दो राम्रो गर्नाका लागि इमान्दारिताका साथ कर्म नै पूजा हो भन्ने भावले, लगनशील भई स्वधर्म पालन गर्दै रहनुपर्छ । जे जस्तो फल मिल्दछ त्यो मेरै कर्मको फल हो भनी सहर्ष स्वीकार गरे जीवनको प्रत्येक पाइलामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति मिल्नेछ । जीवन एउटा रमणीय उत्सव हुनेछ ।मानिसले भोग्ने सुख वा दुःख भनेको उसको आफ्नै कर्मको फल हो । जसरी हामीले विगतमा जे–जस्ता कर्म गर्दै आयौं त्यसैको फलको रूपमा अहिले सुख–दुःख भोग्दैछौं, त्यसरी नै अहिले हामी जे गर्दैछौं त्यसैको राम्रो–नराम्रो फल भविष्यमा भोग्नुपर्ने हुन्छ । हामी जे सोच्दछौं र जे गर्दछौं, त्यसैले हाम्रो भाग्य निर्माण गर्दछ । असल कर्म गर्नेको वर्तमान बेला बखत सुविधाको हिसाबले सम्पन्न नदेखिए तापनि सुखी र शान्त बन्छ नै । त्यसको भविष्य भने धेरै आनन्दमय हुनेछ । सबै कर्मको फल हुन्छ, फल नदिने कुनै कर्म हुँदैन ।

    श्रीमद्भागवत गीताले मानव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी ?न्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

    जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।

    कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ। सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ। यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नविन रूपमा आनन्दको उदय हुन्छ । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ।

    कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

    भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्mनो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आप्mनो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि कररामा जोड दिन्छ ।

    भगवान श्री कृष्ण्का दिव्य ज्ञानले सदाचार र नैतिक संस्कृति विकास गर्न सिकाउँछ ।यसको अनुभुतिले मात्रै उत्कृष्ट जीवनको मार्ग देखाउछ । भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले मानव जगतमा अमूल्य रत्नकोे काम गर्दछ । नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि मानव जगतलाई आध्यात्मिक , नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुरयाउँछ ।मानव जाती बीचमा विश्वास अभिवृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले महत्वपुर्ण भुमिका खेल्दछ । मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने गीताका दिव्य सन्देशहरुलाई व्यवहारमा कुशल ढङ्कले प्रयोग गर्न सक्नु पर्दछ ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका कोष प्रमुख हुन् ।)