आज चार संसदीय समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-06-30
  • 01:31:03
  • सोमबार,आषाढ १५, २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै

    आज चार संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ– संघीय संसदअन्तर्गत आज चार समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

    बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ। त्यस्तै बिहान साढे ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन बारे छलफल हुने छ।

    यस्तै, अपराह्न १स्१५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने छ।

    यस्तैगरी, १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।