शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत - Chaitanya News
  • 2026-06-29
  • 15:43:41
  • सोमबार,आषाढ १५, २०८३
  • शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत

    शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत

    काठमाडौँ– राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत हुने भएको छ।

    आज बिहीबार) गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्ने गरी कार्यालयले सूचना जारी गरेको हो।

    मूल्यांकन समितिले न्यून मूल्यांकन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ।

    यस्तै कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ। यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ।