बिदेश जान्छु भन्दै गर्व गर्नुभन्दा लोकसेवा तयारी गर्नुहोस् र म खरिदार, नायव सुब्बा, अधिकृत बन्छु भन्ने कुरामा गर्व गर्नुहोस् :  धर्मराज बिनाडी - Chaitanya News
  • 2026-06-09
  • 17:45:08
  • मंगलबार,जेठ २६, २०८३
  • बिदेश जान्छु भन्दै गर्व गर्नुभन्दा लोकसेवा तयारी गर्नुहोस् र म खरिदार, नायव सुब्बा, अधिकृत बन्छु भन्ने कुरामा गर्व गर्नुहोस् :  धर्मराज बिनाडी

    बिदेश जान्छु भन्दै गर्व गर्नुभन्दा लोकसेवा तयारी गर्नुहोस् र म खरिदार, नायव सुब्बा, अधिकृत बन्छु भन्ने कुरामा गर्व गर्नुहोस् :  धर्मराज बिनाडी

    संघीय निजामती सेवाको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको मुख्य सचिव हुन् । उनले स्थानीय कार्यपालिका र सभाको सचिव भई काम गर्दछ । निर्णयहरु प्रमाणीत गर्दछ र संरक्षण गर्दछ । स्थानीय सरकारका निर्णयलाइ सूचनामा आधारित बनाउन सूचना तथा अनुभवहरु उपलब्ध गराउँछ । पालिकाको याृजना तर्जुमा गर्ने, बजेट तर्जुमा गर्ने र स्रोत साधनको सन्तुलित रुपमा बाँडफाँड पनि गर्दछ । पालिकाको कर्मचारीको नेतृत्व गर्दै प्रमुख प्रशासकीय अधिकृतले पालिका र सभाका निर्णयहरु कार्यान्वयन गर्ने, सोको रिपोर्टिङ गर्ने र समिक्षा गर्ने कार्य समेत गर्दछ । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकामा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका जनताको अपेक्षा के छ ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरिरहेको छ । आज चैतन्य खबरका लागि निर्मला कडायतले कैलालीको गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीसँग गरेको संवादको सम्पादित अंशः

    1.  तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
    मैले गौरिगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भयो ।

    2. यो एक वर्षको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
    मैले यहाँका जनप्रतिनिधिको राम्रो साथ र सहयोग पाइरहेको छु । सबै जनप्रतिनिधिहरु, कर्मचारीहर सहयोगी हुनुहुन्छ । हामी कर्मचारी र जनप्रतिनिधि मिलेर कामहरुलाई अगाडी बढाइरहेका छौं ।

    3. पालिकामा कर्मचाराीप्रति जनताको कस्तो अपेक्षा पाउनुभएको छ ?
    जनअपेक्षा त धेरे नै छन् । पालिकाबाट प्रवाह हुने कामहरु छिटो छरिटो होस् । प्रभावकारी रुपमा होस् । भन्ने छ र हामी पनि जनताका ति चाहानालाइृ कसरी छिटो छरितो गर्न सकिन्छ र कसरी प्रभावकारी बनाउन सकिन्छ यहँी कुरालाई प्राथमिकतामा राखेर कामहरु गरिरहेका छौं ।

     4. तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    प्रशासकीय कामहरुलाई छिटो–छरितो र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि एन कानुनलाई समय सापेक्षिप रुपमा निर्माण, परिमार्जन वा संसोधन गररेर साथै नगर सभाबाट स्वकृत गराएर उपयुक्त व्यक्तिलाई उपयुक्त कामको जिम्मेवारी दिएर उनिहरुको कामको बाँडफाँड गरेर सबैलाई उत्तरदायि र जिम्मेवार बनाएर कर्मचारीको व्यवस्थापन गरिहेका छौं ।

    5. कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
    कर्मचारीको त आवश्यकता नै छ । अहिले केही नयाँ कर्मचारी आएका भएपनि उनिहरुको क्षमता बृद्धि गर्न आवश्यक छ । हाम्रो नगरपालिका नयाँ स्थापना भएको नयाँ पालिका हो । हामीलाई दक्ष जनशक्तिको आवश्यकता छ । प्राविधिक क्षेत्रमा पनि कर्मचारीको अभाव नै छ ।

    6. के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न ससकिन्छ जस्तो लाग्छ यहाँलाई ?
    हाम्रो पलिकामा प्राविधिक दक्ष जनशक्तिको अभाव छ । त्यसलाईै पूर्ति गर्न सकियो भने र भएको कर्मचारीको क्षमता विकास गर्न सकेमा पालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई छिटो र छरितो गर्न सकिन्थ्यो ।

    7. अहिले लोकसेवाको आकार्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहाँनु हुन्छ ?
    युवाहरुका लागि लोकसेवा एक स्वर्णिम अवसर हो । पछिल्लो समय युवाहरुमा लोकसेवा प्रतिको आकर्षण अत्याधिक बढेको देखिएको छ । देशमा बढ्दो बेरोजगारीको एक मात्र बिकल्पको रुपमा रहेको बिदेश पलाउनलाइै रोक्दै लोकसेवाले आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ । बिदेश जान्छु भन्दै गर्व गर्नुभन्दा लोकसेवा तयारी गर्नुहोस् र म खरिदार, नायव सुब्बा, अधिकृत बन्छु भन्ने कुरामा गर्व गर्नुहोस् । लोकसेवा आफैमा महत्वपूर्ण छ । यसले निजामतीलगायत अन्य सरकारी ससेवामा प्रवेश गर्न चाहाने र आत्मविश्वास नभइरहेका युवाहरुमा अन्तरनिहिन असिमित सम्भावनाहरुलाई चिनाउने, जागरुक गर्ने र उनिहरुमा एक खालको चेतना जागृत गरेर प्रतिस्पर्धात्मक परिक्षामा हामिने प्रेरित गर्दछ । लोकसेवा मात्रै त्यस्तो क्षेत्र हो जहाँ क्षमताले मात्रै काम गर्छ ।

    8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
    तयारी गर्ने त सबैको आ–आफ्नो सैलि हुन्छ । तर पनि पहिले आफ्नो लक्ष किटान गर्नुपर्छ । एकैचोटी धेरै तिर हात हाल्नु हुँदैन । अरुको दबाबमा लोकसेवा पढ्नु हुँदैन । पढ्ने कुरालाई भित्री मनदेखि नै जागृत गर्नुपर्छ । सधै सकारात्मक सोच राख्नुपर्छ र पहिलो पटक असफल हुँदैमा नआत्तिने । धेरैचोटी असफल भएरपनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसाथ गर्नुपर्छ । सकेसम्म नोट बनाएर पढ्नुपर्छ । नोट बनाउदा धेरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ । साथै लोकसेवा क्लासहरु पनि लिनुहोस् ।