काठमाडौँ– मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ।
निर्वाचन आयोगले देशभरका अन्तिम मतदाता स्वीकृति गर्दा मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तह र वडाको मतदाता सङ्ख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण पनि सार्वजनिक गरेको छ।
दुई जिल्ला समन्वय समितिबाट स्थानीय तहका ४२ पदमा उपनिर्वाचन हुँदैछ। आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन्।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
![]()
![]()