कस्ता व्यक्तिले तिते करेलाको जुस पिउने ? - Chaitanya News
  • 2026-05-04
  • 03:26:08
  • आइतबार,बैशाख २०, २०८३
  • कस्ता व्यक्तिले तिते करेलाको जुस पिउने ?

    कस्ता व्यक्तिले तिते करेलाको जुस पिउने ?

    काठमाडौं– तिते करेलाको नाम सुन्ने बित्तिकै यसको तितो स्वाद दिमागमा घुम्न थाल्छ। यो एउटा यस्तो तरकारी हो जुन थोरै मान्छेलाई मन पर्छ।

    यद्यपि यो स्वादमा तितो भएपनि यसका फाइदा धेरै छन् । जसका कारण स्वास्थ्य विशेषज्ञले करेलाको जुस वा तरकारी आहारमा समावेश गर्न सल्लाह दिन्छन् । त्यसैले आउनुहोस्, जानौँ दैनिक करेलाको जुस पिउनुका फाइदा ।

    फाइदा:

    करेलामा पोटासियम, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ। यसले रक्तचाप नियन्त्रणमा राख्छ र खराब कोलेस्ट्रोल शरीरमा जम्मा हुन दिँदैन।

    करेलाको जुस पाचन प्रणालीको लागि पनि राम्रो छ । यसमा भएको फाइबर र अन्य पोषक तत्त्वहरूले आन्द्राहरूलाई स्वस्थ राख्न मद्दत गर्छन्। यसले ग्यास, पेट फुल्ने जस्ता समस्याहरूबाट मुक्ति दिलाउँछ । यसले शरीरमा जमेका विषाक्त पदार्थहरू बाहिर निकाल्छ।

    त्यस्तै, यसमा भएको भिटामिन सीले तपाईंको छालालाई राम्रो बनाउँछ। यो जुसले अनुहारमा निस्कने डन्डिफोर र दागहरूलाई हल्का बनाउँछ। साथै चाउरीहरूको समस्या पनि कम गर्छ।

    यदि तपाईं तौल घटाउने बारे सोच्दै हुनुहुन्छ भने यो उत्कृष्ट क्यालोरी बर्नर हो। यसले मेटाबोलिजम राम्रो बनाउँछ। यो तपाईंको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ। साथै यसले तपाईंको रक्त प्रवाहलाई पनि राम्रो बनाउँछ।

    करेला जुस पिउनको सबैभन्दा ठूलो फाइदा मधुमेह रोगीको लागि छ। यसले इन्सुलिनको उत्पादनमा मद्दत गर्छ । तपाईं चाहनुहुन्छ भने करेला जुसमा कागती, अदुवा र मह मिसाउन सक्नुहुन्छ, जसले गर्दा पिउन सजिलो हुनेछ।

    कसले पिउनु हुँदैन ?

    गर्भवती वा स्तनपान गराउँदै हुनुहुन्छ भने तिते करेलाको जुस आमाको र बच्चाको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। केही औषधि लिँदै हुनुहुन्छ भने पनि यो जुस नपिएको राम्रो हो। खरबुजा खाँदा एलर्जी हुनुहुन्छ भने तितो करेलाले यी फलहरूप्रति एलर्जी भएका व्यक्तिमा एलर्जी गराउन सक्छ। शल्यक्रियाको योजना छ भने कम्तीमा दुई हप्ता तितो करेला नखानुहोस्।

    तिते करेलाले रगतमा चिनीको स्तर घटाउन सक्छ र पहिल्यै कमजोर भएका व्यक्तिहरूमा चक्कर वा बेहोसी हुन सक्छ।

    त्यसैले शारीरिक कमजोरी भएका व्यक्तिहरूले पनि करेलाको जुस पिउनुहुँदैन। यसको धेरै सेवनले पाचन समस्याहरू जस्तै( पेट दुखाइ, पखाला वा पेट दुख्ने समस्या हुनसक्छ।